एनआईसी एसिया बैंकमा गुराँस लाइफ इन्स्योरेन्सको बीमा पोलिसी किन्न पाइने

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सबै शाखाबाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

बैंकको २४१ शाखा कार्यालय, २३८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १८५ अर्बभन्दा बढी पुगेको छ । त्यस्तै कुल निक्षेप करिब १५५ अर्ब तथा कर्जा लगानी १२८ अर्ब रुपियाँ रहेको छ । बैंकको ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको बैंकले जनाएको छ ।