एसियन लाइफ इन्स्योरेन्सद्वारा दाबी भुक्तानी

0
Shares

काठमाडौं, (नेस)
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीवापत धादिङका बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपियाँ भुक्तानी गरेको छ ।
बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकाले निजका बुवा कमलप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको २० लाख ५३ हजारको चेक प्रदान गरिएको हो । उक्त चेक कम्पनीको कामु सहायक महाप्रबन्धक लोकराज जोशीले हस्तान्तरण गर्नुभयो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका निवासी बीमित गकुल उपाध्यायको जेठ ३ मा सडक दुर्घटनामा परी निधन भएको थियो । २०७४ पुस २६ मा १५ वर्ष अवधिका लागि १० लाख बीमांकको दुर्घटना लाभसहितको एसियन सावधिक जीवन बीमा योजनाअन्तर्गत जीवन बीमा गराउनु भएकोको थियो । स्वर्गीय गकुल उपाध्यायले कम्पनीमा बीमा शुल्कवापत जम्मा ६६ हजार ८८६ रुपियाँ भुक्तानी गर्नु भएको थियो ।