६ जना व्यापारी हटाइए

0
Shares

काठमाडौं, (नेस)
कालिमाटी फलफँल तथा तरकारी बजार विकास समितिले रातो सँचीमा परेका ६ जना व्यवसायीलाई हटाएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त नियर्णय गरेको हो ।

रातो सँचीमा परेका व्यवसायीलाई समितिले स्पष्टिकरण सोधेकोमा स्पष्टिकरण नबुझाउने ६ जना व्यवसायीलाई हटाइउने निर्णय गरेको हो । समितिलाई स्पष्टिकरण नबुझाउने व्यवसायीहरुमा मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवसायी पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेत रहेका छन् ।

रातो सँचीमा परेका बाँकी ९२ जना व्यवसायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनेकोसञ्चालक समितिले जनाएको छ । कार्यदलले भदौ २३ गतेभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ भने २४ गते उक्त प्रतिवेदनलाई सञ्चालक समितिमा लगेर निर्णय गराइने छ। कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिका तर्फबाट एक÷एक जना प्रतिनिधि रहेका छन् ।