प्रकाण्डलाई छोड्ने तयारी, प्रकाण्डलाई तत्काल रिहा गर्न सर्वोच्चको तेस्रो आदेश

0
Shares

प्रशान्त वली, काठमाडौं ।

नुवाकोट जिल्ला अदालतले नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मालाई छोड्न प्रहरीलाई परिपत्र गर्दैछ । सर्वोच्चको आदेश पालन गर्न भन्दै प्रहरीलाई परिपत्र गर्ने तयारी गरेको हो । यसैविच सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलाशले यस्तो आदेश दिएको हो । आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न भनेको हो ।

प्रकाण्डलाइ तेस्रो पटक पक्राउ गरिएको हो । मुद्दाको अनुसन्धान गरी पर्याप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चले प्रकाण्डलाई रिहा गर्न भनेको हो । सर्वोच्चले नेपाल प्रहरीलाई मुलुकी संहितामा भएका व्यवस्थाहरुको ख्याल गर्न पुनः ध्यानाकर्षण गराएको छ । यसअघि पनि सर्वोच्चले विना जानकारी र अभियोग नभई पक्राउ गर्न नपाउने लगायतका मुलुकी संहिताको व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएको थियो । प्रकाण्डलाइ पहिलोपटक काठमाडौं टौ दहबाट प्रहरीले पक्राउ गरेको हो ।