अपराध नियन्त्रणमा लापरवाही असह्यः आईजीपी खनाल

0
Shares

वीरगञ्ज ।
“अपराधी होस वा प्रहरी, गल्ति गर्ने सबै कारवाहीको दायरामा आउनेछन् ।” प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनालले वीरगञ्जमा नवनिर्मीत प्रहरी भवनको उद्घाटन गर्ने क्रममा आक्रमक शैलीमा भने – “समृद्ध र सुरक्षीत समाजको परीकल्पना साकार गर्नका लागि समाज र प्रहरी दुवै परीष्कृत हुनैपर्छ ।” अपराध नियन्त्रणका साथै प्रहरीले नागरीक समाजसँग मिलेर सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको उनले स्पष्ट पारे । “एकातिर अपराध भइरहेको छ त्यसलाई छोडेर प्रहरीले समाजसेवा गर्नुपर्छ भन्ने होईन् तर आफ्ना प्राथमिकताका काम गर्दै समाजसँग पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ” – महानिरीक्षक खनालले भने । आम नागरीकले सहयोग गरेको खण्डमा प्रहरीको काम सहज हुने उनले बिश्वास व्यक्त गरे ।

नेपाल प्रहरी मुलुकको सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढीरहेको महानिरीक्षक खनालको भनाई छ । अपराधमुक्त समाज निर्माणका लागि सरकार र गृह प्रशासनले लिएको अठोट पुरा गर्न नेपाल प्रहरी तयार रहेको उनले बताए । “भदौ १ गतेदेखी लागु भएको ऐनको मर्म बुझेर काम गर्नुपर्छ ।” नागरीक समाजलाई अनुरोध गर्दै उनले थपे – “यो सबै नागरीकका लागि हो, समाजकै लागि हो ।” प्रहरीलाई साधन सम्पन्न बनाउन ऐनले नै निर्देश गरीसकेकाले अबका दिनमा प्रहरीको काम अझ प्रभावकारी हुने उनले बताए ।

आईजीपी खनाल जिल्ला प्रहरी कार्यालय बारा र वडा प्रहरी कार्यालय विर्ता, वीरगञ्जको उद्घाटन गर्न वीरगञ्ज आएका हुन् । यस क्रममा उनले प्रदेश नम्बर २ र ३ मा रहेका आफु मातहतका निकायसँग सुरक्षा सम्बन्धि व्रिफिङ लिदै सुरक्षा व्यवस्था कायम गर्नका लागि निर्देशन दिएका छन् । “अपराध नियन्त्रण नै हाम्रो पहिलो प्राथमिकतामा हो” खनालको भनाई उद्घृत गर्दै एक प्रहरी अधिकारीले भने – “अपराध नियन्त्रणमा हुने कुनैपनि लापरवाही सह्य हुने छैन् । ”