एनसेलको ‘रिचार्ज एन्ड विन’ अफर

0
Shares

काठमाडौं, (नेस)
एनसेलले ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका १० जना ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो अफर आइतबारदेखि लागँ भई १० हप्तासम्म संचालनमा रहनेछ । योजनामा सप्ताहभर सय वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक सय रुपियाँ बराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा २५० रुपियाँको रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुई वटा विशेष कोड प्राप्त गर्नेछन् । पाँच सय रुपियाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोड प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्र मार्फत मंगलबारका दिन साँझ ७ बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका ग्राहकलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।