काम चुस्त बनाउन कृषिमन्त्रीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमााडौं
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मन्त्रालय र अन्तर्गतका निकायमा काम कारबाही ढिलो भएको भन्दै जिम्मेवारीपँर्वक कार्यसम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयका सचिव, सहसचिव तथा विभागिय प्रमुख सम्मिलित बैठकमा मन्त्री खनालले तत्काल सुधार गर्नुपर्ने भन्दै २४ बुँदे निर्देशन दिनुभएको हो ।

‘अहिले मन्त्रालयका काम सुस्त भएको महशुस भइरहेको छ । यसलाई गम्भीरतापँर्वक लिइ मन्त्रालय, विभाग र अन्य कार्यालयहरुबाट सम्पादन हुने काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउनुहोस ।’

मन्त्रालयका सचिवलगायत उच्च पदस्क कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । मन्त्रालयबाट सम्पादन हुने हरेक कार्यहरुको ग्रहणयोग्य परिणामका लागि सचिवहरुले अझै विशेष चासो राख्न तथा सम्पन्न भएका कार्यको परिणामसहितको प्रतिवेदन नियमित रुपमा प्रत्येक १५ दिनमा पेश गर्नसमेत सचिवलाई निर्देशन दिइएको छ ।

मन्त्री खनाल आफैंले जारी गरेको मन्त्रालयको ५८ बुँदे मार्गचित्रको कार्यान्वयनको अवस्थाबारे जानकारी गराउने तथा मन्त्रीकै संयोजकत्वमा रहेको उच्च स्तरको अनुगमन समितिको नियमित समिक्षा बैठक बसेर रिपोर्टङ गर्ने विषयमा पनि सचिवलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालय, विभाग, केन्द्रीय निकाय र आयोजनाबाट चालँ आर्थिक वर्षका लागि छुट्याइएका योजना तथा कार्यक्रम कार्यान्वयनको लागि निर्माण गर्नुपर्ने सबै कानुनी कार्यविधि भदौ महिनाभित्रै निर्माण गरी कार्यान्वयनस्तरमा लैजाने पनि मन्त्री खनालले निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गतको सुपरजोनमा सम्बन्धित विषय विज्ञलाई प्राथमिकता दिई पदस्थापना गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिईएको छ । सुपरजोन र जोनमा वर्षभरी नियमित अनुगमन गर्न सँचकसहितको अनुगमन मोडालिटी र कार्यक्रम कार्ययोजना तयार गरी सक्रियतापँर्वक नियमितरुपमा अनुगमन गर्ने व्यवस्था मिलाउनसमेत उहाँको निर्देशन छ ।

कालिमाटी तरकारी तथा फलफँल बजारको विषयलाइ एक हप्ताभित्र टुग्याई निरन्तर अनुगमनमा जाने संयन्त्र निर्माण गर्ने पनि सम्बन्धित निकायलाई निर्देशन दिईएको छ । त्यसैगरी काठमाडांै उपत्यकाभित्र कम्तीमा ३ स्थानमा तत्काल एकीकृत कृषि बजार स्थापना गर्ने विषय पनि तत्काल अगाडी बढाउने कर्मचारीलाई निर्देशन दिईएको छ ।

त्यसैगरी व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट निर्माणाधिन झापा, विराटनगर, जनकपुर र बुटवलस्थित एकीकृत कृषि बजारस्थल निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाईएको छ ।