एकल बिन्दू सेवा सञ्चालनमा ल्याउने तयारी

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
नेपालमा लगानी गर्ने कम्पनीलाई लगानीमैत्री वातावरण तयार गर्नका निम्ति एकल बिन्दँ सेवाको कार्यालय सञ्चालनमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । औद्योगिक विकास ऐन २०७३ मा भएको व्यवस्था कार्यान्वयन गर्न सरकारले एकल बिन्दँ सेवाको कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्न लागेको हो ।

सरकारले उक्त सेवा आगामी कार्तिक, मंसिरबाट सेव गर्ने तयारी गरेको छ । एकल बिन्दँ सेवा कार्यालय स्थापना गरेर उद्योग धन्दा विकास गर्नका लागि चाहिने प्रशासनिक कार्यको एउटै थलोबाट सेवा दिन लागिएको उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालयले जनाएको छ ।

सरकारले प्रशासनिक उल्झन धेरै रहेको र लगानीमैत्री वातावरणको माग भइ रहेका बेला एकल बिन्दू सेवाले उद्योग स्थापना गर्नको लागि थप सहज हुने र वैदेशिक लगानी भित्रिने विश्वास सरकारले लिएकोे छ ।

सरकारले लगानीकर्तालाई एकै ठाउँबाट सेवा प्रवाह गर्न उद्योग विभागका महानिर्देशकको नेतृत्वमा रहेको कार्यदलले तयारी गरिहेको मन्त्रालयका सह–सचिव दिनेश भट्टराईले बताउनुभयो ।

कार्यालयको व्यवस्थापन कसरी गर्ने अरु मन्त्रालयसँगको समन्वयकारी प्रतिनिधित्व कसरी गर्ने, कार्यदलले कस्तो संयन्त्र रहने अधिकारको प्रत्योजन कसरी गर्ने भन्ने विषयमा मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदलले काम गरिरहेको छ ।

अन्तर्र्राष्ट्रिय अभ्यास, नेपालको कार्यशैली, कार्यालयको अधिकार क्षेत्रको अवस्था हेरेर भावी रणनीति तय हुनेछ । उद्योग विभागका महानिर्देशको संयोजकत्वमा उपकार्यदलले साउनको पहिलो हप्ता कार्यलय सञ्चालनको र संरचनाको मस्यौदा बुझाएको थियो । कार्यदलले कस्तोखाले रणनीति तय गर्ने र अधिकार क्षेत्रको स्वरुपका बारेमा प्रतिवेदन तयार गरी बुझाएको विभागका तत्कालीन महानिर्देशक शिवराम न्यौपानेले बताउनुभयो ।

एकलबिन्दू सेवाको व्यवस्थापनको लागि उपकार्यदलको पनि गठन गरिएको थियो । उपकार्यदलले यसअघि उद्योग विभागकै शाखाको रुपमा एकल बिन्दँ सेवा विस्तार गर्नको लागि सिफारिस गरेको छ ।

भोलिका दिनमा नेपालमा आउने वैदेशिक लगानीलाई मध्यनजर गरी छुट्टै कार्यालय विस्तार गर्नु भन्दा पनि उद्योग विभागको शाखाको रुपमा एकल बिन्दू सेवा कार्यालय स्थापना गर्नको लागि उपकार्यदलले मस्यौदा तयार गरेको थियो ।

मन्त्रालयका अनुसार सेवाग्राहीलाई एकठाउँमा सेवा प्रवाह गर्ने गरी काम भइरहेको छ । धेरै सरकारी कार्यालयसँग समन्वय गर्नुपर्ने भएकाले कार्यालय स्थापना भएपछि प्रत्येक कार्यालयको प्रतिनिधि राखेर काम गर्ने अथवा एक व्यक्तिलाई सबै अधिकार दिएर कार्यालय सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको मन्त्रालयको भनाइ छ ।

अन्तर्राष्ट्रिय अभ्यासमा यस्तो खाले एकल बिन्दु सेवाको कार्यालयले विदेशी लगानी भित्रउनको लागि ठूलो टेवा पु¥याउँदै आएको छ । सरकारले स्थापना गर्न लागिएको एकल बिन्दू सेवाको अवधारणबाट लगानीकर्तालाई उद्योगधन्दा स्थापना गर्नेको लागि सहज हुने र नेपालमा लगानी आउने अनुमान गरिएको छ ।

फाइल बोकेर धेरै कार्यालयमा धाउनु पर्दा लगानीकर्ताले गुनासो गर्दै आएका छन् । उद्योग विभागले त्रिपुरेश्वरमा निमार्णाधीन नयाँ भवनको भुर्इँतल्लामा एकलबिन्दू कार्यालय स्थापना गर्ने तयारी अनुरुप काम गरिरहेको छ ।