प्रसंशा केसी भइन वाइवाइ ग्लोकल टिन हिरो

0
Shares

काठमाडौ, (नेस)
वाइवाइ ग्लोकल टिन हिरो २०१८ को उपाधि प्रसंशा केसीले पाएकी छिन् । केसीलाई श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट तथा कार्यक्रमका निर्णायकले वाइवाइ ग्लोकल टिन हिरोको उपाधिसँगै ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

कुल ५३२ आवेदन आएको थियो । आवेदकहरुले आफँ समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् ।

सामाजिक अभियन्ता रहनु भएका प्रसंशा केसी वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आविष्करक ः विकल्प ढुंगाना, लेखिका ः दीपशिखा घिमिरे, उद्यमी ः सौगात तिवारी, इकोप्रेनेर ः सुदर्शन सुवेदी र सामाजिक उद्यमी ः स्वर्णीम श्रेष्ठ रहेका थिए ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यस कार्यक्रम गरिएको हो ।

सन् २०१५ मा शुरुवात भएको यो कार्यक्रम देशभरिका ४०० भन्दा बढी विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थीे माझ पुगेको थियो ।