नाडा अटो शो हुँदै

0
Shares

काठमाडौं
१३औं संस्करण नाडा अटो शो २०१८ भदौ २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवम् ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ ।

सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पँर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको छ ।

छ दिनसम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्रान्डका ४–पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनका पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी ७१ कम्पनीको १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् ।

प्रदर्शनी क्षेत्रमा २ पाङग्रे, ४ पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा–छुट्टै ठाउँमा प्रदर्शनीका लागि राखिने छन् । साथै सहभागी व्यवसायीले आफ्ना विभिन्न ब्रान्डका सवारी साधन, पार्टपँर्जा तथा अन्य सेवाहरू ग्राहकसमक्ष प्रत्यक्ष पु¥याउने तथा प्रत्याशित उपभोक्ताहरूका कौतुहलतालाई सम्बोधन गर्ने प्रयास गर्ने छन् । ।

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाद्वारा कुलप्याड मेगा २दशमलव ५ डि प्राप्त गर्न सक्ने छन् जसलाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको छ ।