सामसुङ नोट–९ को प्रि–बुकिङ सकारात्मक

0
Shares

काठमाडौं, (नेस)
सामसुङ नोट–९ को प्रि–बुकिङमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । प्रि–बुकिङ अगष्ट १७ देखि ३० तारिखसम्म चलेको थियो । नेपाली मोबाइल बजारमा प्रि–बुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि–बुकिङ झण्डै तीन गुणाले बढेको सामसुङले जनाएको छ ।

मोबाइलको शुरुवात गत अगष्ट २२ मा भारतको नया“दिल्लीमा आयोजित कार्यक्रमका बीच दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर गरिएको थियो । सो कार्यक्रममा सहभागी हुनका लागि नेपाल, श्रीलंका, बंगलादेश, भारतलगायतका मुलुकबाट सहभागी भएका थिए ।
नेपालमा सामसुङले टुटफुटको बीमा र एनसेलको एकवर्षे १८ हजार एमबी डाटासहितको प्रि–बुकिङ खुला गरेको थियो ।
त्यसैगरी एउटा छालाको वालेट, एडीएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडीएमआई एडप्टर र सामसुङ कर्भ मोनिटरको कभर समेत सार्वजनिक गरेको थियो ।

यस बाहेक, सामसुङको प्रि–बुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । ‘हामी सामसुङमा रहेकाहरुले प्रि– बुकिङमा प्राप्त गरेको प्रतिक्रियाले एकदमै खुशी छौं । हामीले अपेक्षा गरेको भन्दा अध्याधिक धेरै प्रतिक्रिया र अद्वितीय रेस्पोन्सप्रति हामी प्रि–बुकिङ गर्नु हुने सबैलाई धन्यवाद दिन चाहान्छौं,’ आईएमएस बिजका प्रमुख रत्न स्थापितले भन्नुभयो ।