१०औं कृति अवार्डस्मा २८ विधामा अवार्ड प्रदान

0
Shares

काठमाडौं, (नेस)
नेपाल विज्ञापन संघ (आन)द्वारा आयोजित कृति अवार्डसको १०औं संस्करण नेपाल आइस १०औ कृति अवार्डस् २०७५ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै सँचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागँ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त अवार्डसमा २८ विधामा विज्ञापनलाई अतिथिबाट अवार्डस तथा खादा प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीले क्लिन फिड र नेपालको विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न विज्ञापन काउन्सिल आवश्यक रहेको बताएका थिए ।

१०औ कृति अवार्डसमा प्रायोजक नेपाल आइस, सिजी सिमेन्ट, यति कार्पेट, सफ्टी हाइजिन, मुक्तिनाथ विकास बैक, नेपाल पर्यटन बोर्डलाई सम्मानपत्र दिइएको थियो ।

विजयी हुने एजेन्सीमा प्रिज्मार्क–६, अभानी–५, एएनएस–५ एडमिडिया–५, विजनेस एडभान्टेज–३ ,भिचित्र–३, ओएस्टर–२, मेकवेज–२, लेमन–२, आउटरिच–२, कि एडभरटाजिङ–१, डिजिटलइन–१, क्रियो–१, म्याक्स मिडिया–१, एसपी मिडिया–१, मिटिङ प्वाइन्ट–१, इको –१ रहेका छन् । कार्यक्रममा आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ ले प्रायोजक, जुरी, निर्णायक मण्डल, सहभागी एजेन्सीलगायतलाई धन्यवाद दिनुभएको थियो ।