खाद्य प्रयोगशाला सञ्चालनमा आउन सकेन

0
Shares

हेमन्त जोशी, काठमाडौं
भारतीय राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल खाद्य संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा निर्माण भइरहेको अत्याधुनिक प्रविधि र उपकरणसहितको खाद्य प्रयोगशाला अझै प्रयोगमा आउन सकेको छैन ।

दँतावासले पाँच वर्षअघि भवन निर्माणका लागि ५ करोड रुपियाँ र खाद्य वस्तु परीक्षण गर्ने उपकरण निःशुल्क उपलब्ध रुपमा गराएको थियो । भारतले गत माघमा भवन निर्माण सम्पन्न गरेर संस्थानलाई हस्तान्तरण गरिसकेको भए पनि प्रयोगशालामा उपकरण जडानको कामले अझै पँर्णता पाउन सकेको छैन ।

संस्थानका सँचना अधिकारी शंकर सापकोटाका अनुसार गत साउनभित्रै उपकरण जडानको काम सक्ने लक्ष्य राखिएको भए पनि सञ्चालक समितिबाट समयमा बजेट पास हुन नसक्दा समय लम्बिएको हो । नेपाल समाचारपत्रसँग कुरा गर्दै सापकोटाले भन्नुभयो–‘प्रयोगशाला निर्माण गर्ने कुरा शुरुमा नै विवादमा परेपछि केही ढिलाई भयो । अहिले उपकरण जडानको काम चलिरहेको छ ।

हामीले उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयबाट खाद्य वस्तुको सार्वजनिक विश्लेषणको पनि अनुमति लिन बाँकी छ । दशैं अघि जडानको काम सकिन्छ । त्यसपछि अनुमति लिन्छौं ।’

खाद्य वस्तुको गुणस्तर तथा स्वच्छता परीक्षणका लागि संस्थानले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने भन्दै एउटा भवन नै त्यसका लागि निर्माण गरेको छ । तर, उपकरण जडानको काम हालसम्म पनि हुन नसक्दा उक्त भवन नै प्रयोगविहीनको अवस्थामा पुगेको छ ।

अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्र खाद्य वस्तुको गुणस्तर जाँच्ने अख्तियारी पाएको छ । संस्थानले प्रयोगशाला सञ्चालनमा ल्याउन तथा खाद्य वस्तुको परीक्षणका लागि अख्तियारीका लागि आपँर्ति मन्त्रालयको स्वीकृति मागेको भए पनि मन्त्रालयले स्वीकृति दिएको छैन ।

संस्थानलाई गुणस्तर चेकजाँचको कार्य जिम्मेवारी सुम्पिँदा खाद्य स्वच्छतामा सकारात्मक प्रभाव देखिने सापकोटाको भनाइ छ । ‘बजारमा आउने खाद्य पदार्थमा मिसावटको अवस्था र गुणस्तर परीक्षणका लागि प्रयोगशालाले ठँलो सहयोग पु¥याउँछ । प्रयोगशाला सञ्चालनका लागि हामीले मन्त्रालयलाई अनुमति मागेको लामो समय भइसकेको छ । तर, मन्त्रिपरिषद्को निर्णयले टुङ्गाउनुपर्ने निर्णय भएकाले ढिलो भइरहेको छ ।’ सापकोटाले भन्नुभयो ।

उक्त प्रयोगशाला सञ्चालनमा आएपछि एकै ठाउँबाट सबैखालका खाद्य वस्तुको परीक्षणका गर्न सकिने विश्वास लिइएको छ । खाद्य पदार्थमा हुने विभिन्न प्रकारका विषादी, रासायनिक पदार्थको अध्ययन अनुगमनका साथै खाद्यजन्य रोग, मिसावट, दँषित खाद्य पदार्थको प्रभाव तथा विश्लेषण तथा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि संस्थानसँग खाद्यान्न परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणका लागि समय र मँल्य पनि बढी लाग्ने गरेको छ । संस्थानले अहिले खाद्यान्नको परीक्षण गर्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउँदै आएको छ ।

आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि समयमै खाद्यान्न परीक्षण गर्न सकिने तथा उपभोक्तालाई दिइने सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने संस्थानले जनाएको छ ।

प्रयोगशाला सञ्चालनमा ल्याउने अनुमति पाए पनि वस्तु अनुगमन गर्ने, गुणस्तर तथा मापदण्ड निर्धारण गर्ने अनुमति खाद्य संस्थानले पाएको छैन । यसका लागि संस्थानलाई नयाँ जिम्मेवारी तोकिनुपर्ने देखिन्छ । तर, तालुकवाला निकायले भने यस विषयमा कुनै पहलकदमी गर्न सकेको देखिँदैन । प्रयोगशालाको स्थापनासँगै त्यसको सञ्चालनका लागि आवश्यक पर्ने पर्याप्त जनशक्ति पनि संस्थानसँग छैन ।

संस्थान आफैंले बेच्दै आएको खाद्यान्न वस्तु मात्र नभई निजी क्षेत्रले बेच्ने खाद्य वस्तुलाई पनि परीक्षण गर्ने उद्देश्य राखिएको छ । तर, प्रयोगशाला सञ्चालनका लागि ठँलो संख्यामा आवश्यक पर्ने प्राविधिक जनशक्ति व्यवस्थापनबारे हालसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

विश्वमा अस्वस्थ खाद्य वस्तुका कारण वर्षेनी ४ लाख मानिसको मृत्यु हुने गरेको छ । तर, नेपालमा भने हालसम्म पनि अस्वस्थ खाद्यान्नका कारण मानव स्वास्थ्यमा पर्न गएको असरबारे अध्ययन हुन सकेको छैन । प्रयोगशालाको स्थापनापछि सो विषयमा अध्ययनका लागि पनि सहज हुने खाद्य संस्थानले जनाएको छ ।