सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढ्नुपर्नेमा जोड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणासहित महासंघका पदाधिकारी र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । सो भेटवार्तामा विश्व बैंक र निजी क्षेत्रबीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पँर्वाधार विकासलगायतका क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिइयो ।

सो भेटवार्तामा महासंघका अध्यक्ष्ँ राणाले नेपालमा रहेका सम्भाव्यतामा सहयोग गर्न विश्व बैंक समक्ष आग्रह गर्नुभयो । अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पँर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) का साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा करमैत्री र लगानीमैत्री वातावरण निर्माणमा विश्व बैंकको महŒवपँर्ण भँमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न अध्यक्ष राणाले आग्रह गर्नुभयो । निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघको देशव्यापी सञ्जाल रहेकाले विश्व बैंक र महासंघबीच अझ बढी सहकार्यको आवश्यकता रहेको अध्यक्ष राणाले आंैल्याउनुभयो ।

सो अवसरमा विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले महासंघसंगको भेटवार्ता निकै महत्वपँर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंँग मिलेर कार्य गर्ने विश्वास दिलाउनुभयो । उहाँले विश्व बैंकको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकाले सहकार्यका लागि सहज हुने समेत बताउनुभयो ।

विश्व बैंकद्वारा नेपाल सरकारसमेतको सहभागितामा छिट्टै एक कार्यशाला आयोजना गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा महासंघलगायत अन्य सरोकारवालाहरूलाई सहभागी गराएर छलफलका माध्यमबाट योजना बनाउने समेत उहाँले जानकारी गराउनुभयो ।