महिन्द्राको प्लस न्यु एक्सयुभी ५०० आयो

0
Shares

काठमाडौं, (नेस)
महिन्द्रा एन्ड महिन्द्राले नेपालमा प्लस न्यु एक्सयुभी ५०० ल्याएको छ नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त प्लस न्यु एक्सयुभी ५०० ले उत्कृष्ट स्पोर्ट युटिलिटी भेइकल समँहमा एउटा नयाँ मापदण्ड कायम गरेको छ ।

एमएचएडब्लँके १५५ इन्जिन जडित नयाँ एक्सयुभी ५०० ले १५५ हर्स पावर र ३६० एनएम ट्रोक्युको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित छ ।

ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस्सहितको विद्युतीय सनरुफ, जीपीएस नोटिफिकेस युक्त ७ इन्च टचस्क्रिन इन्फोटेन्मेन्टसहितले प्लस न्यु एक्सयुभी ५०० लाई अझ बढी गुणस्तरीय बनाएको छ । छ वटा एयरब्याग, उकालोमा पनि सन्तुलन कायम राख्न सक्ने र ओरालो लाग्दा पनि नियन्त्रणमा रहने पहिलो वाहन हो ।

प्लस न्यु एक्सयुभी ५०० को अनावरण गर्ने क्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एसिया) का उपाध्यक्ष सञ्जय जादवले भन्नुभयो–‘सन २०११ मा एक्सयुभी ५०० बजारमा आएको हो । त्यसपछि यो गुणस्तरीय एसयुभी समँहको उत्कृष्ट वाहनको रूपमा रहि आएको छ ।’
कार्यक्रममा बोल्दै अग्नि समँहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भन्नुभयो–‘ महिन्द्रासँगै नेपालको नम्बर १ एसयुभी बिक्रेता हुन पाउँदा हामी गौंवान्वित छौं ।