बसको जानकारी लिन एनसेलमा ‘लेट्जगो’ एप

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमायात्रागर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पँर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।

एनसेल प्रालिले रामलक्ष्मण इनोभेसन्स् प्रालिसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायात सम्बन्धी मोबाइल एप ल्याएको छ, जसमार्फत प्रयोगकर्ताले विभिन्न रुटमा चल्ने बस हाल कहाँ छन् र आफँले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफुलाई पायक पर्ने बिसौनीमा पुग्छ भन्ने जानकारी प्राप्त गर्दछन् ।

लेट्जगो एप शुक्रबारबाट सञ्चालनमा आउँदै छ र एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै उक्त एपको सेवा लिंँदै बस स्ट्यान्डमा लामो प्रतिक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

एपले प्रयोगकर्तालाई विद्यमान समयमा सञ्चालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोहीअनुसार प्रयोगकर्ताले आफँलाई पायकपर्ने बस बिसौनीमा गई बस चढ्न सक्छन् ।

लेट्जगो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी एप सुचारु गर्नुपर्छ । एप सुचारु गरे पश्चात कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ । एप गुगलप्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटमा सञ्चालनमा रहेका ६०० भन्दा बढी सार्वजनिक सवारी साधनको बारेमा जानकारी प्रदान गर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जीपीएस ट्राकिङ प्रणालीका आधारमा प्राप्त हुन्छन् । ग्राहकको सुविधाका लागि र डिजिटल प्रविधिमा आधारित यस सेवालाई प्रवद्र्धन गर्नका लागि एनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क लाग्ने छैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्क लाग्नेछ ।