नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आईपीओ आउँदै

0
Shares

काठमाडौं, (नेस)
नेपाल पुनर्बीमा कम्पनीले प्रतिशेयर सय रुपियाँ अंकित दरको १ करोड ६० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्नका लागि लागि आरबीबी मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गर्नुभयो ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पँुजी १० अर्ब र चुक्ता पँुजी ८ अर्ब ४० करोड रुपियाँ रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात संस्थाको चुक्ता पुँजी १० अर्ब रुपियाँ हुनेछ ।

सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ कात्र्तिक २१ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७१ पुस ४ गते बीमा समितिबाट पुनर्बीमाको इजाजतपत्र प्राप्त गरेको हो । कम्पनीले २०७२ साउनदेखि पुनर्बीमाको कारोबारको शुुरु गरेको छ ।

कम्पनीले स्वदेशका जीवन तथा निर्जीवन बीमा कम्पनी र विदेशी बीमा तथा पुनर्बीमा कम्पनीसँग कारोबार गरी आव २०७४÷७५ मा ४ अर्ब पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड लगानी गरेको छ ।
त्यसैगरी आव २०७३÷७४ मा ६० करोड ७६ हजार खुद नाफा आर्जन गरेको र जगेडा कोषमा १ अर्ब ८५ करोड रहेको थियो भने आव २०७४÷७५ को चौथो त्रैमासिक अवधिसम्ममा अनुमानित १ अर्ब ४० करोड खुद मुुनाफा गरेको छ ।