डाबर गुलाबरी तिज महोत्सव शुरु

0
Shares

काठमाडौं, (नेस)
बिहीबारदेखि भृकुटीमण्डपमा १७औं तिज महोत्सव तथा बृहत् तिज व्यापार मेला शुरु भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले मेलाको उद्घाटन गर्नुभयो । मेलामा दुई सय वटाभन्दा बढी स्टल राखिएको छ ।

भदौ १० गतेसम्म आयोजना हुने मेलामा महिलाले विशेषगरी तिजको अवसरमा प्रयोग गर्ने सामग्रीका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामग्री, नेपाली अर्गानिक खाद्यपदार्थलगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।
डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्यप्रायोजन तथा महिलाले प्रयोग गर्ने सेफ्टीको सहकार्य रहेको छ।