अटोमोबाइल व्यवसायको समस्याका बारेमा छलफल

0
Shares

काठमाडौं, (नेस)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठकमा अटोमोबाइल व्यवसायीको समस्याका विषयमा जानकारी तथा समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने विषयमा छलफल भएको थियो ।

कार्यसमिति बैंठकपछि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) सँग अन्तत्र्रिmया भएको थियो । उक्त अन्तक्र्रिया कार्यक्रमले स्थानीयस्तरमा बसेर कसरी व्यवसाय सञ्चालन भइरहेको छ । ती व्यवसाय सञ्चालनको दौरान कस्ता समस्या झेल्नु परेको छ । के कस्ता समस्या प्रदेश सरकार र समस्या समाधान गर्ने भन्ने विषयमा अन्तत्र्रिmया भएको थियो ।
वाडाका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा अधिकांश व्यवसायीले स्थानीय सरकारले लगाएको कर, बजेटले सवारी साधनमा बढाएको कर, पोखरामा अटो भिलेज निर्माण, नाडा अटो शो पोखरमा गर्नुपर्ने जस्ता विषयको उठान गरेका थिए ।

कार्यक्रमका प्रदेश सांसद बिन्दँ थापाले गण्डकी प्रदेश सरकारले जनतामा कुनै किसिमको कर नलगाएको जानकारी दिँदै यदि यस्ता कर सरकारले लगाउन खोजे आफँहरु त्यसको विपक्षमा उभिने जानकारी दिनुभयो । उहाँले विकास निर्माणको काम अगाडि बढिरहेको जानकारी दिँदै व्यवसायमैत्री वातावरण निर्माणमा आफँहरु लाग्ने जानकारी दिएका थिनुभयो ।

नाडा र वाडाबीचको सम्बन्धको विस्तारको विषयमा बोल्दै नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले भन्नुभयो–‘नाडाले सबै प्रदेशमा रहेर अटोमोबाइल क्षेत्रसँग जोडिएर व्यवसाय गर्ने व्यवसायीको हक र हितमा काम गर्ने हँुदा सबै प्रदेशमा आफ्नो उपस्थिति गराउने कार्य अगाडि बढेको छ । संघीय सरकारसँग गर्नुपर्ने कामको लागि नाडाले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

उहाँले यो क्षेत्रको विकासमा सबै मिलेर काम गर्नुपर्ने बताउँदै पोखरा क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा सामँहिक पहलमा सार्वजनिक यातायात सेवा विस्तार गर्न सुझाव दिनुभयो ।