खुलेको एक साता पनि नबित्दै कलंकीको अण्डरपास अनिश्चितकालका लागि बन्द



काठमाडाैँ । खुलेको एक साता पनि नबित्दै कलंकीको अण्डरपास अनिश्चितकालका लागि बन्द  भएको छ । केही दिन्अघि मात्रै खुलाइएको काठमाडौं–कलंकीको अण्डरपास बन्द भएको हो । गत भदाै १ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउनेबारे कुनै टुंगो देखिएको छैन ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको निर्माण कार्य नै बाँकी रहेको छ । अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतार गर्दा समस्या भएको भण्डारीले बताएका छन । आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्