बेलायत: दाउदका सहयोगी पक्राउ


लन्डन (एजेन्सी)
अन्डरवल्र्ड डन दाउद इब्राहिमको एक निकट सहयोगी जबीर मोतीलाई लन्डनमा हिरासतमा लिइएको छ । जबीरलाई बेलायतको सुरक्षा एजेन्सीहरुले हिरासतमा लिएको आइतबार सन्चार माध्यमहरुले जनाएका छन् ।

भारतले जबीर मोतीको गिरफ्तारीका लागि माग राख्दै आएको थियो । मोती पाकिस्तानी नागरिक हुन र उनी डी–कम्पनीका आर्थिक मामिलाका इन्चार्ज हुन् । उनलाई लन्डनो हिल्टन होटलबाट गिरफ्तार गरिएको हो ।

बेलायतमा बस्दै आइरहेका दाउकी पत्नी महजबीन र छोरी महरीन र ज्वाई जुनैदसँगको आर्थिक लेनदेनको जाँचका क्रममा जबीरलाई पक्राउ गरिएको हो ।