सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिक रूपमा घोषणा गर्नु भएको छ। नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले व्यक्त गर्नुभयो।

यसैबीच सिटिजन्स बैंकले नयाँ बचत योजना ‘मेरो सिटिजन्स बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार पत्रकार सम्मेलन बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा मेरो सिटिजन्स बचत खाता योजना सार्वजनिक गर्नु भएको हो।

न्यूनतम मौज्दात रुपियाँ खाता खोल्न मिल्ने मेरो सिटिजन्स बचत खातामा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्मार्ट (मोबाइल) बैंकिङ सुविधा, अनलाइन कारोबार गर्न सुरक्षित प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवा जस्ता अनेकन आकर्षक विशेषता उपलब्ध छन्।

त्यस्तै दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज गणना गरी त्रैमासिकरूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ।

Skip This