![](https://newsofnepal.com/wp-content/uploads/2018/08/CTz-bank.jpg)
काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनको ७९औं शाखा काठमाडौंको टोखामा सञ्चालनमा आएको छ । मंगलबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबारको शुरुवात गर्नुभयो ।
सिटिजन्स बैंक इन्टरनेसनलले ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।