धनगढीमा बम बिस्फोट

0
Shares

कैलाली । लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा बिहिबार बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको  छ ।

यसअघि साउन २ गते उक्त उद्योग नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।