दोलालघाट (नेस)
काभ्रेको दोलालघाट नजिक भुम्लु गाउपालिका ५ फलाटे स्थित आमथली बगरमा अवैध बालुवा उत्खनन् रोकिएको छैन । राती राती मेशिन लगाएर निकालिएको बालुवा प्रहरी प्रशासनको मिलेमत्तोमा पठाइन्छ । प्राइभेट नम्बर प्लेटको ट्रिपरमा ओसारपसार भैरहेको सुचना प्रहरी प्रशासनलाई पटक पटक दिएपनि कुनै वास्ता गर्दैनन् ।
वुधवार साझ पनि चारट्रक अवैधवालुवा लैजान लागेको सुचना जिल्ला प्रहरी प्रमुख लगाएत प्रहरी कार्यालयहरुमा पटक पटक दिइएको थियो । स्थानीयको गुनासो पछि जिल्ला प्रहरी प्रमुखले दोललघाट प्रहरीलाई कारवाहीको लागि पठाएपनि मोटो रकम लिएर अवैध वालुवा छोडिदिएको स्थानियले गुनासो गरेका छन् ।
‘हामिले प्रहरी प्रमुखलाई फोन गरेपछि दोलालघाटबाट प्रहरी आएका थिए । हामिले गाडि नम्बर र रोकिराखेको स्थान समेत भन्दिएका थियौं । तर, प्रहरी बालुवा राखेर दोलालघाटमै रोकिराखेको गाडिलाई वास्ता नगरी तल बगरतिर गए’ स्थानीयबासिन्दाले भने– प्रहरी गएपछि ती गाडी बालुवा लिएर गए । प्रति टिप ३० हजार भन्दा बढीमा विक्रि गर्दै आएको बालुवा मिशिनबाट निकाल्दा मगरमा बगरमा जम्मा २ हजार जति मात्र खर्च हुन्छ ।
तस्कर गर्नेहरुले प्रहरी प्रशासन सबैलाई सेटिङ मिलाएको भन्दै स्थानिय बासिन्दालाई आफ्नो काममा अवरोध नगर्न धम्क्याइरहेको गुनासो आएको छ । प्रहरीले मिसिन लगाएर बालुवा उत्खनन गरेर दैनिक जसो बालुवा तस्करी भैरहेको बारे प्रहरी अनविज्ञ नरहेको स्थानियबासिको गुनासो छ । लामो समय देखि यो धन्दा चलिरहदा पनि हालसम्म प्रहरीले गाडीलाई नियन्त्रणमा नलिनुले प्रहरीमाथि पनि शंका उब्जेको उनिहरुको गुनासो छ ।











प्रतिक्रिया