४० जना बिद्यार्थी बोकेको बस पथरीमा दुर्घटना

0
Shares

पथरी । मोरङको पथरीशनिश्चरे ३ मा रहेको ज्योति बिकास बाल सम्रान्त स्कुलको बस दुर्घटना भएको छ । स्कुल बिदा भएर बिद्यार्थी पुर्याउन जाँदा बस पल्टिएको हो ।

४० जना बिद्यार्थी रहेको सो बस पुल क्रस गर्न खोज्दा सानो पुल र रेलिङ नभएकाले पल्टिएको अभिभावकले बताएका छन । दुर्घटनामा २ जना बिद्यार्थीको अवस्था चिन्ताजनक छ भने अन्यको सामान्य घाईते रहेका छन । घाईतेको पथरी हस्पिटल पथरीशनिश्चरेका उपचार भैरहेको छ ।