उपाध्यक्षको राजीनामा माग्दै धर्ना

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको पैंयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङ्गको राजिनामा माग गर्दै जनप्रतिनिधीहरु धर्नामा बसेका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठको पद षडयन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै उपाध्यक्ष गुरुङ्गको राजिनामा माग गरेर जनप्रतिनिधीहरु धर्नामा बसेका हुन ।

बुधबारबाटै अनिश्चिकालिन अनसन बस्ने घोषणा गरेका जनप्रतिनिधीहरुले एक दिनका लागि धर्ना बसेको र राजिनामा नआए अनिश्चितकाल सम्म अनसन बस्ने चेतावनी दिएका छन । धर्नामा वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल अनसनमा बसेका छन । अनसनलाई सामाजिक परिचालक र स्थानिय समाजसेवीहरुले समेत ऐक्यबद्धता जनाएका छन ।

पैञ्युँ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठलाई बिना कारण स्ष्पटीकरण सोध्ने र पद रिक्त गराउन षडयन्त्र गरेकोले गाउँपालिका उपाध्यक्ष गुरुङ्गले राजिनामा गर्नुपर्ने माग गरेको नेकपाका नेता मित्रलाल बस्यालले बताए । वडा अध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यबहाक अध्यक्ष जसमती गुरुङ्गले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यबस्था भएको’ ब्यहोरा सहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । काबा अध्यक्ष गुरुङ्गले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयँ उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएकी थिइन ।

वडा अध्यक्ष श्रेष्ठले जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवहाक दिएर जापान गएका थिए । कार्यबहाक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखित पत्र समेत दर्ता गराएका थिए । ‘मैले कार्यबहाक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षडयन्त्र भयो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘षडयन्त्र पुर्वक भएको यस्तो कामका लागि उपाध्यक्षले राजिनामा दिनुपछर्।’

उपाध्यक्ष जसमती गुरुङ्गले पत्र पठाएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाट बिजयी भएका श्रेष्ठ जापानबाट नेपाल फर्केका छन । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङ्गलाई भित्री राखेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधीले तालाबन्दी गरेका थिए ।

उक्त ताला प्रहरीले फोडेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाहिर निकालेको थियो । मंगलबार दिनभर भएको वार्ता पनि असफल भएको थियो भने बुधबारको बार्ता पनि सहमतिमा पुग्न सकोके छैन। नेकपाका प्रतिनिधीहरु उपाध्यक्ष गुरुङ्गले राजिनामा दिनुपर्ने अडानमा छन भने नेपाली कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधीहरु भने उपाध्यक्षले माफी मागेर समस्याको निकास निकाल्ने पक्षमा देखिएका छन ।