विजय नेपाली, पोखरा
जोग्राफिकल इन्फर्मेसन सफ्ट्वेर (जीआईएस) निशुल्क गर्न माग गर्दै स्वतन्त्र विधार्थी युनियनले वन विज्ञान अध्ययन संस्थानको शैक्षिक तथा प्रशासनिक कार्य अनिश्चितकालको लागि बन्द गरेको छ ।
क्याम्पसले क्यापिटेसन, भर्ना तथा प्रयोगशाला शुल्कलाइ सदुपयोग गरेर अन्य खर्च कटौती गरि विधार्थिहरुबाट लिइने जिएसआइ शुल्क निशुल्क बनाउनुपर्ने अडान लिदै आएको स्ववियुको मागमा एक्यवद्धता जनाउदै नेपाल विधार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र अखिल छैठौं सयुक्त रुपमा आन्दोलनमा होमिएका हुन ।
विद्यार्थीको जायज मागलाई क्याम्पस प्रशासनले आलटाल गर्दै गरिब विधार्थिलाई मर्कामा पार्ने काम निन्दनीय र विरोधपुर्ण रहेको स्ववियु सभापति विशाल अर्यालले बताए ।
विस २०५७ सालदेखी जिएसआइको लिदै आएको तीन हजार रुपैयाँ डिपार्टमेन्ट हेड मार्फत खर्च हुँदै ०६७(०६८ साल देखि क्याम्पसको खातामा संकलन हुनेगरेको र विधार्थीबाट लिने शुल्क अनावश्यक विषय बनाइ खर्च गर्दै आइरहेको आरोप उनले लगाए ।
“जिएसआइ शुल्क एक लाख २९ हजार संकलन हुन्छ, ४४ जना कर्मचारीलाई प्रोत्साहन भत्ता भन्दै ६ महिनामा ८ लाख बाड्ने काम भएको छ, वार्षिक १५ प्रतिशतको दरले क्यापिटेसन शुल्क क्याम्पसको आयमा जान्छ हामी विधार्थिलाइ शुल्क लिनु कारणै छैन तर पनि गरिब विधार्थिको ढाड सेक्ने काम भएको छ“ उनले भने ।
कर्मचारी प्रोत्साहन भत्ता कटौती गरि जिएसआइ शुल्क हटाउनुपर्ने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेश खनालले बताए । विधार्थिले भर्ना हुने क्रममा नै प्रयोगशाला शुल्क भनेर तिरे पनि पुन रकम लिनु आपत्तिजनक भएको उनले बताए ।
यस विषयमा बोल्दै निमित्त क्याम्पस प्रमुख ठाकुर शिलवालले ऐच्छिक विषय रहेकाले शुल्क लिने गरेको बताए । “यो नियमित विषय होइन ऐच्छिक विषय हो,हाम्रोमा आठ ऐच्छिक विषय छन,अन्य विषयमा खर्च हुँदैन यसमा बढी प्रयोगात्मक हुन्छ त्यसैले शुल्क लिने गरेका छौ“ प्रमुख शिलवालले भने । जिएसआइ ८० जना विधार्थिले पढ्ने गरेको र उनिहरु सङ्ग मात्र शुल्क लिने गरेको उनले बताए ।
विधार्थिको माग जायज भएपनी जिएसआइ निशुल्क गर्न नसकिने उनको भनाइ थियो । जिएसआइ शुल्क निशुल्क गर्नु पर्ने भन्दै स्ववियु तथा विभिन्न विधार्थी संगठनहरुले आन्दोलन सहित ९ दिन देखि क्याम्पस बन्द गरेका छन । आफुहरुको माग सुनुवाइ नभए आन्दोलन थप चर्काउने उनिहरुले बताए ।











प्रतिक्रिया