नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुर थाहानगरका एक प्राविधिक घुससहित पक्राउ परेका छन् । थाहा नगरपालिका भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत् सवइञ्जिनियर करिब २४ वर्षीय कलराज न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ ।
वडा–२, अंगारे बस्ने मीनप्रसाद ढकालसँग भुकम्पले भत्काएको घर पुनर्निर्माण गरेको र नयाँ घर बनाएको निरीक्षण गरिएको भनेर ‘खाजा खर्च’ मागेको सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले नगरपालिका कार्यालयको शौचालयमा नगद २ हजार लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।
ढकालले नोटको फोटोकपि प्रहरीलाई उपलब्ध गराएर आफू चाहिं ‘खाजा खर्च’ दिन बुधबार दिउँसो करिब पौने १ बजे नगरपालिका कार्यालय पुग्नुभएको थियो ।
कार्यालयभित्र सीसीटिभी भएकाले न्यौपानेले शौचालय पुगेर नगद लिएका थिए । इञ्जिनियर न्यौपाने कालिकोटको रासिकोट नगरपालिका–१ का स्थायीवासी रहेको बताइएको छ ।











प्रतिक्रिया