मेयरमाथि आक्रमण गर्ने समातिए

0
Shares

भक्तपुर(नेस) । मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने प्रमुख योजनाकार टेकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख ८ गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा सोही नगरपालिकाका मेयर श्रेष्ठलाई कुटपिट गरी घाईते बनाएर फरार रहेका केसीलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुरको कालोपाटीबाट पक्राउ गरेको हो ।