घाईते तरुण दलका उपाध्यक्षलाई भेट्न सिटौला अस्पतालमा

0
Shares

चिरञ्जीवी मास्के
काठमाडौँ । पूर्व गृहमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भइ काठमाडौँ ट्रमा सेन्टरमा उपचार गराई रहेका नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तमाङसंग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेसंग ट्रमा सेन्टर पुगेका नेता सिटौलाले घट्नाको जानकारी लिदै अपराधिलाई कारवाहि गर्न र शान्ति सुरक्षाको प्रत्याभूत गराउन सरकारसंग माग गरेका छन् । मुलुकमा दिन दिनै शान्ति सुरक्षाको अवस्था कम्जोर भएको भन्दै पूर्व गृह मन्त्री सिटौलाले चिन्ता समेत व्यक्त गरेका छन् ।

आईतवार राति दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित किशोर केसीको कोठामा सुतिरहेको अवस्थामा केसीले नै तमाङलाई धारीलो हतियारले प्रहार गरेका थिए । केसी आफ्नो एक बर्ष अघि देखिको चिनजानको साथि रहेको र आफुले नै केसीलाई फोन गरी कोठामा सुत्न आउछु भनेर गएको उल्लेख गर्दै घाईते तमाङले किन आफुलाई हतियार प्रहार ग¥यो भन्ने बारे अझै अनविज्ञ रहेको बताए । चरिकोटमा प्राथामीक उपचार पछि काठमाडौँ ट्रमा सेन्टरमा उपचार गराई रहेका तमाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

तरुण दल दोलखाका उपाध्यक्ष तमाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मंगलवार नै पूर्व अर्थ राज्यमन्त्री उदयशमसेर राणा, नेवि संघका केन्द्रिय महामन्त्री कुन्दन काफ्ले, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, जिल्ला सदस्य कुमार भुजेल, नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पा लगायतका नेता कार्यकर्ता ट्रमा सेन्टर पुगेका थिए ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले तमाङलाई धारीलो हतियार प्रहार गर्ने भीमेश्वर नगरपालिका –६ का किशोर केसी लगायत तीन जनालाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा म्याद थप गरिएको र घट्नाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।