सार्वजनिक सुरक्षा ऐनमा संशोधन

0
Shares

काठमाडौं, (नेस)
सरकारले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न संसद्मा विधेयक प्रस्तुत गरेको छ ।
प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको विधेयक छलफलका लागि समितिमा पठाइएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा आज ११ बजे यसबारे छलफल हुने समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसका सांसदहरु सञ्जयकुमार गौतम र मिनाक्षी झाले सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि संशोधन सूचना दर्ता गराउनुभएको छ ।

समितिमा २६ जना सदस्य रहेकामा सदस्य भानुभक्त ढकाल कानुनमन्त्री भएपछि समितिमा २५ सदस्य मात्र रहेका छन् । जेष्ठ सदस्यको हैसियतले कांग्रेस सांसद मीना पाण्डेले बैठकको अध्यक्षता गर्दै आउनुभएको छ ।