नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारत बीचको सीमा सुरक्षालाई प्रभावकारी बनाउने विषयमा दुवै मुलुकका उच्च अधिकारीबीच छलफल भएको छ । अन्तरसीमा अपराध नियन्त्रण र अन्तदेशिय गतिविधी निगरानी बढाउने बारेमा द्धिपक्षिय छलफल भएको हो ।
भारत भ्रमणमा रहनु भएका शसस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र भारतीय गृह सचिव राजिव गौवा वीच मंगलबार यस्तो विषयमा छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ । खनाल मंगलबारदेखि शुरु भएको ‘थर्ड को–अर्डीनेशन मिटिङ’ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नु भएको छ ।
महानिरीक्षक खनाल तथा भारतको सशस्त्र सीमा बलका महानिर्देशक र दुवै मुलुकका सुरक्षा निकायका उच्च अधिकारी संलग्न रहने सो मिटिङ शुक्रवार समापन हुँदैछ । उक्त मिटिङमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना रहनु भएको छ । त्यसैगरी नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशिलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उप–सचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा.ईला मैनाली पनि सहभागी हुनुहुन्छ ।
शसस्त्र महानिरिक्षक भारत प्रस्थान गरेपछि सो बलका अतिरिक्त महानिरिक्षक नारायण बाबु थापालाई कार्यवहाक महानिरिक्षकको जिम्मेवारी तोकिएको छ ।











प्रतिक्रिया