केसी आज अस्पतालबाट डिस्चार्ज हुँदै

0
Shares

काठमाडौं ।  चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको आज अस्पतालबाट डिस्चार्ज हुनु हुने भएको छ ।

१५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो । डाक्टर केसीले आफ्नो स्वास्थ्य अवस्था र सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाई गरेको  भन्दै दिउँसो ३ बजे पत्रकार सम्मेलनगर्ने  तयारी गरेका छन् ।