काठमाडाैं । जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो गएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । पहिरोमा परी मृत्यु हुनेमा ८ जना बालबालिका र १ महिला रहेकी छन् । अविरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो ।
पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको हो । प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार मृतकहरू १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विक हुन् ।
मृतक सितला बोहराका ३१ वर्षीय पति लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिएका छन् ।











प्रतिक्रिया