नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद कमल पंगेनीको ह्रदयघातका कारण निधन

0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे आज बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत हुन । उनी संविधानसभाका सदस्य समेत थिए ।

मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाएका थिए ।