ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतको कुस्मा नगरपालिका ९ कटुवा चौपारीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ट्याक्टरका सहचालक बाग्लुङ नगरपालिका–१३ बलेवा बस्ने अन्दाजी १६ वर्षका कमल नेपाली रहेका छन् । कुश्मा बाट साइकलचोक जादै गरेको ग १ त २८२२ नम्बरको समान सहितको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर नेपालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा बाग्लुङ नगरपालिका–१३ बलेवा बस्ने २१ वर्षका बिबेक नेपाली घाइते भएका छन् । घाइते नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो । मृतक नेपालीको शब पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको खत्रीले जानकारी दिनुभयो ।