काठमाडौं । सांसद निरु पालले विहिबारको संसद बैठकमा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे जानकारी गराएएपछि नेपाल प्रहरीले छानविन समित गठन गरेको छ।
विहीबारको संसदमा बोल्दै पालले गत साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा जाने क्रममा साँघुरो गल्लीमा आफूमाथि तर्साउने प्रयास भएको जानकारी गराएकी थिइन् ।
उनले एक आपराधिक समूहले आफूलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल तेस्र्याएर भोलिको बैठकमा गइस् भने प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन भनेर धम्की दिएको र मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढालिदिने भन्दै धम्की दिएको जानकारी गराएकी थिइन् । लगत्तै गृहमन्त्रीले रामबहादुर थापा ‘वादल’ले विशेष सयम लिएर बोल्दै अपराधिमाथि कारबाही हुने प्रतिवद्धता जनाएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एसपीको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको हो । समितिमा एसपी रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी रहेका छन्।
प्रहरीले अनुसन्धानको क्रममा बिहीवारमात्र ९५ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका मध्ये १६ जनालाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइ बाँकीलाई भने छोडिएको छ । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान भइरहेको पनि बताइएको छ।











प्रतिक्रिया