काठमाडाैँ । महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाई स्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ ।
चिन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको सो विद्यालयको शुक्रवार एक समारोहका बिच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनिया राजदूत यु होङले संयुक्त रूपमा सिलन्यास गर्नुभएको हो ।
भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबिच भएको सम्झौता अनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चिन सरकारले गर्न लागेको हो । विद्यालय पुनर्निर्माण कार्यको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्ग चित्र सार्वजनिक गरेको र त्यसमा सम्पुर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबारहाईस्कुल पनि सम्पुर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफूले लिएको बताउनुभयो ।
चिन सरकार आफैले छानेको निर्माण व्यवसायीद्धारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।











प्रतिक्रिया