हरारेमा दैनिक जीवन ठप्प , सेना र प्रहरीको गस्ती


हरारे,(एजेन्सी)
जिम्वावेका जनता त्यहाँको अत्यन्तै विवादास्पद राष्ट्रपतिय चुनावको परिणामको प्रतिक्षमा रहेकाबेला विहिवार राजधानी हरारेका व्यापार व्यवशाय ठप्प हुन पुगेको छ । जनतालाई शान्त र अनुशासित रहने आदेश दिँदै शसस्त्र प्रहरी र सेनाले गश्ती गरिरहेका छन् ।

विपक्षी राजनीतिक पार्टीका नेता नेल्सन चामिसाका समर्थकहरु र सुरक्षा फौजबिच बुधवार भएको भिडन्तमा तिनजना मानिसको ज्यान गएको थियो । चामिसाले सोमवार सत्तारुढ पार्टी जानु – पिएफका राष्ट्रपति इम्मर्सन नान्गाग्वालाई विजयी बनाउन चुनावमा धाँधली भइरहेको आरोप लगाएका थिए ।

लामो समयदेखि जिम्वावेको सत्तामा रहेका रोवर्ट मुगावे गत नाभेमवरमा अपदस्थ भएयता भएके यो पहिलो आम निर्वाचन हो । मुगावेको दमनकारी शासनकाल पछि यस चुनावले जिम्वावेलाई नयाँ पथमा डो¥याउने आशा राखिएको छ । तर चामिसाको एमडिसि गठबन्धनले बुधवार आयोजित प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरेकाले हिसात्मक घटना भएको आरोप लगाएको छ ।

नान्गग्वाले सरकारले वर्तमान समस्या समाधानका लागि चामिसासंग वार्ता गरिरहेको र हिंसामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन स्वतन्त्र अनुसनधान भइरहेको बताएका छन् ।
ट्विटर मार्फत उनले भनेका छन् , ‘यो राष्ट्र हामी सबैको साझा घर भएकले हामी संगै डुब्छौ वा संगै पाडिन्छौं । जिम्वावेको चुनाव आयोगले नान्गाग्वाको जानु – पिएफ पार्टीले दुई तिहाइ बहुमत सहित संसदिय चुनाव जितेको जनाएको छ । तर यसले राष्ट्रपतिय चुनावको परिणाम भने घोषण गरेको छैन । यसले बरु अझै चुनावी परिणामको रुजु भइरहेको जनाएको छ ।