चनिया काननु अनुसार गुगलको सर्च इन्जिन विकास !


बेइजिंग,(एजेन्सी)
गुगलले चीनको सेन्सरसिप कानुनलाई मेल खाने गरी नयाँ संस्करणको सर्च इन्जिन विकास गरिरहेको छ । स्वतन्त्र अभिव्यत्तिको अधिकारलाई संकुचन गरिएको गुनासो गर्दै गुगुल कम्पनीले सन् २०१० मा इन्जिन बन्द गरेको थियो ।

तर अनलाइन न्युजसाइट दि इन्टरसेप्टले गुगलले मानव अधिकार र धर्म जस्ता सामग्राीहरुलाई रोकने गरी ड्रागनफ्लाई कोड दिइएको परियोजनामा अहिले काम गरिरहेको र यसको कारण अधिकारीवदी अभियन्ताहरु आक्रोसित हुने निश्चित देखिएको जनाएको छ । तर चीनको एउटा सरकारी मुखपत्र सेक्युरिटिज डेलीले भने यो प्रतिवेदन झुठो भएके स्पष्ट पारेको छ ।

यसबारे प्रश्न गरिँदा गुगलका प्रवक्ताले संक्षिप्त विवरण दिएका छन् , ‘ हामीले चीनमा उपल्ब्ध गारएको गुगल ट्रान्स्लेट र फाइल्स गो लगायतका कोवाइ एपहरुले चिनिया डेभलपरहरुलाई मद्धत पुगेको छ । साथै हामीले जेडि डट कम जस्ता चिनिया कम्पनीहरुमा महत्वुपुर्ण लगानी गरेका छौं । तर हामी भावी योजनाको हल्लाबारे केहि पनि टिप्पणी गर्दैनौं । ’

इन्टरनेट गुगल दस्तावेजका अनुसार गुगलको कार्यकारिणी अधिकारी सुन्दर पिचाइले एकजना चिनिया सरकारी अधिकारीलाई भेटेपछि सन् २०१७ को डिसेँम्वरमा ड्रागनफ्लाई परियोजनाले तिव्र गति लिएको हो । साथै गुगलले यदि चिनिया सरकारको अनुमोदन प्राप्त भएक ेखण्डमा माओताइ र लोंगफेइ एउटा एन्ड्रोइडका विकसित संस्करणहरु नौ महिना भित्र संचालनमा ल्याइन सकिने पनि जनाएके छ ।