युरोपको गर्मीले नयाँ किर्तिमान राख्ने संकेत


म्याड्रिड,(एजेन्सी)
युरोपमा गर्मी चढिरहेकोबेला मौसम भविष्यवाणीकर्ताहरुले केहि दिनमै तापक्रमले अहिलेसम्मकै किर्तिमान तोड्ने अनुमान विहिवार गरेका छन् । अहिले सम्म युरोपको अधिकतम तापक्रमको किर्तिमान ४८ डिग्री सेल्सियस रहेको छ ।

सन् १९७७ मा ग्रिसको राजधानी एथेन्समा यो तापक्रम मापन गरिएको थियो ।
अफ्रिकाबाट तातो हावा बगेर आउने क्रम जारी रहेको र स्पेन र पोच्र्युगलमा दिनदिनै तापक्रम बढ्ने क्रम जारी रहेको छ ।

मौसमविदहरुले यहि क्रममा तापक्रम बढिरहने हो भने ४२ वर्ष अघिको युरोपेली किर्तिमान तोडिन सक्ने बताएक छन् । स्पेनको राष्ट्रय मौसम सेवाले कम्तिमा आगामी आइतवार सम्म विशेषगरी देशको दक्षिण पश्चिमी भागमा तापक्रम निकै बढ्ने चेतावनी दिएको छ ।

युरोपको मौसम चेतावनी समुह मेटियोअलार्मले यसअघि न ैअत्यन्त ैखतराको सुचना दिँदै दक्षिणी पोच्युगल र स्पेनको बादाजोज प्रान्तमा मानिसहरु माथि धेर खतरा रहेको जनाइसकेको छ ।

अहिले दक्षिण पश्चिमी स्पेन र दक्षिण पुर्वी पोच्र्युगलमा ४५ डिग्री सेल्सियस तापक्रम पुगिसकेको छ । सन् २००३ मा पोच्युगलको राष्ट्रिय किर्तिमान ४७ दशमलव ४ र गतवर्षको जुलाईमा स्पेनको तापक्रम ४७ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।