कंगारु एजुकेसन फेयर सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
कंगारु एजुकेसन फाउन्डेसनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको कंगारु एजुकेसन फेयर बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
मेलामा अस्ट्रेलिया, न्युजील्यान्ड, अमेरिका, क्यानडा र युरोपका गरी २६ वटा विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागिता रहको थियो ।

मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाउँबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइपछिको अवसरका विषयमा पँर्ण जानकारी दिइएको कंगारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताउनुभयो ।