हुन्डाई एक्सचेन्ज शुरू

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबारदेखि हुन्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले साउन १७ गते शुरू भएको उक्त हुन्डाई एक्सचेन्ज साउन २० गते आइतबारसम्म सञ्चालन हुनेछ । एक्सचेन्ज अफरका साथै सहज फाइनान्स र इन्योरेन्स सुविधा रहेको कम्पनीले जनाएको छ ।

२० हजार रुपियाँ १ लाख ५० हजार रुपियाँसम्म एक्सचेन्ज बोनस साथै चार वर्षको फ्रि सर्भिस, ३ वर्षको वारेन्टी र आकर्षक उपहार हरेक टेस्ट ड्राइभमा प्रदान गरिनेछ । त्यसअन्तर्गत टेस्ट ड्राइभ गर्ने चार लक्की विजेतालाई टेस्ट ड्राइभ एन्ड वीन योजनाअन्तर्गत कुलप्याड सिक्स स्मार्टफोन प्रदान गरिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका सहायक महाप्रबन्धक बिक्री तथा बजार व्यवस्थापक रुपेश शर्मा भट्ट भन्नुहुन्छ–‘ग्राहकलाई सधैं उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको छ ।’