जोशीको सुनुवाइ आज

0
Shares

काठमाडौं (नेस) । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैं छ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई पटक पटक सर्दै आएको छ । गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ । सुनुवाईको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए ।

कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेका छन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली चैत्र १ गते बर्खास्ती भएपछि अहिलेसम्म प्रधानन्यायाधीश पद रिक्त छ ।