स्विडेनी गिर्जाघरबाट बहुमुल्य मुकुट चोरी


स्टकहोम,(एजेनसी)
केहि व्यवशायिक चोरहरुले स्विडेनको एउटा चर्चबाट बहुमुल्य हिरामोति जडित ऐतिहासक मुकुट चोरेर स्पिडबाटमा बसेर भाग्न सफल भएको बुधवार स्विडेनी प्रहरीले जनाएको छ ।
अघिल्लो दिन करिव मध्यान्ह राजधानी स्टकहोम स्थित स्ट्राग्नास गिर्जाघरबाट सत्रौं शताब्दिका सम्राट र साम्राज्ञीका दुईवटा अमुल्य मुकुट र एउटा जुवाहरात जडित ग्लोव चोरी भएको स्थानिय संचार माध्यमले पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीहरुले दुईजना मानिस त्यहाँबाट भाग्दै गरेको आफुहरुले देखेको बताएक छन् । खाजा मेला आयोजना गर्न सो गिर्जाघर खोलिएको थियो । त्यसपछि तिनीहरुलाई लेक मालारेनमा मोटोर बोटबाट गइरहेको देखिएको दावी गरिएको छ । प्रहरीले तिनीहरुको व्यापक खोजि गरिरहेको छ ।

तर अझैसम्म तिनीहरुको कुनै अत्तोपत्तो थाहा हुन सकेको छैन । प्रहरी प्रवक्ता थोमस आग्नेभिकले ति वस्तुको पैसाका ेमुल्यनै तोकन नसकिने तथा तिनीहरु राष्ट्रिय चासोको विषय भएको स्विडेनी संचार माध्यमलाई बताएक छन् ।

सन् १६११ मा स्विेडेनका राजा चाल्र्स सोह«ौं र महारानी क्रिस्टिना अन्त्येष्किो क्रममा तिनीहरुको चिनो स्वरुप ति शाही मुकुट गिर्जाघरमा राखिएको थियो । ति वस्तु सायरन बज्ने कााचको बाकस भित्र सुरक्षित राखिएको थियो ।