किशोरसँग सम्पर्क गर्न महिलालाई रोक


लन्डन (एजेन्सी)
लन्डन स्थित एक स्कुलमा पढ्ने १३ बर्षिय छात्रसँग आफनै घरको भान्छाकोठामा शारीरिक सम्बन्ध राखेकोमा एक महिलालाई दोषी ठहर्याएको छ । ती महिलालाई लन्डन स्थित मोल्ड क्राउन अदालतलमा सजायँ सुनाइएको छ । महिलाले जेल जानु त परेन तर न्यायाधिषले ती महिला अब कुनै पनि किशोरसँग सम्पर्क गर्न नपाउने र घरको पार्टीमा पनि बोलाउन नपाउने चेतावनी दिएको छ ।

२१ बर्षिय जोर्डन लाइटफुटले सन् २०१६ मा एक नाबालिकसँग आफनै घरमा शारीरिक सम्बन्ध राखेका थिए । त्यतिबेलासम्म ती केटा भर्जिन थिए । यो बाहेक ती महिलालाई १५ बर्षका एक केटालाई पनि गलत तरिकाले छोएको आरोप थियो । महिलाले ती आरोपलाई ठाडै अश्विकार गरेकी थिइन् । यद्यपी उनी दोषी पाइएकी थिइन् ।

१३ बर्षिय ती केटाका आमाले उसको मोबाइलमा एक मेसेज देखेपछि उक्त घटनाको खुलासा भएको थियो । नाबालिककी आमाले तत्काल त्यसको सुचना प्रहरीलाई दिएकी थिइन् । त्यसपछि उक्त मामिला अदालतमा पुगेको थियो । आरोपी महिला पनि त्यतिबेला १९ बर्षकी मात्र थिइन् । अहिले उनी एक बच्चाकी आमा बनिसकेकी छिन् । लाइटफुटमाथि ५ बर्ष सम्म कुनै पनि ११ देखि १६ बर्षका केटासँग सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।