मेक्सिको विमान दुर्घटनामा सम्पुर्ण १ सय ३ को ज्यान जोगियो


मेक्सिको सिटी,(एजेन्सी)
मेक्सिकोको डरान्गो राज्यको राजधानीमा बुधवार विमानस्थलबाट उडेको केहि क्षणपछि नै एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको सुरक्षा श्रोतले जनाएको छ ।

एरोमेक्सिकोको उडानमा रहेको सो विमानमा सवार चालकदल र यात्रु गरी सम्पुर्ण १ सय ३ जनाको ज्यान सकुशल रेहको छ भने तिनीहरु मध्ये ९७ जना घाइते भएका छन् । राज्यका गवर्नर जोस रासास आइस्पुरोले डरलाग्दा ेहावाको भुमरीमा परेको कारण विमान अचानक तल झरेको बताएका छन् ।

त्यसपछि यसको बाँया पखेटाले जमिन छुनुका साथै दुईवटा इन्जिन बिमानबाट बाहिर निस्ककेका थिए । सो विमानमा आगो लाग्नु अघि अधिकांश यात्रु हिंडेरै विमानबाट बाहिर निस्कन सफल भएका थिए ।

कल साइन एएम२४३१ बोकेको सो विमान डुरान्गगो स्थित ग्वाडालुपे भिक्टोरिया अत्र्राष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार बिहान चार बजे मेक्सिको सिटीका लागि उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

शुरुमा सो विमानमा ९७ जना यात्रु र चालक दलका चार जना सदस्य रहेको बताइएको थियो । पछि गवर्नर रोसासले त्यसमा अन्य दुईजना बालबालिका पनि रहेको बताएका थिए ।

गम्भीर घाइते हुने दुईजना मध्ये एकजना विमान चालक रहेका छन् । अस्पताल पु¥याइएका अन्य यात्रुहरुलाई सामानय चोटपटक लागेको प्रहरीले जनाएको छ । स्थानिय संचार माध्यमले एयरलाइन एरोमेक्सिकोको सुरक्षा अभिलेख निकै राम्रो रहेको दावी गरेको छ । यसअघि सन् १९८१ मा यस एयरलाइनको विमान उत्तरी चिहुवाहुवामा अवतरणका ेक्रममा दुर्घटना हुँदा ३२ जना यात्रुको मृतयु भएको थियो ।