सिआरएमा तीन रुसी पत्रकारको हत्या


सिवुट,(एजेन्सी)
रुसी बताइएका तीनजना पत्रकारलाई सेन्ट्रल अफ्रिका रिपब्लिक (सिएआर )मा मंगलवार एउटा एम्वुसमा मारिएको प्रहरीले जनाएको छ । रुसी विदेश मन्त्रालयले तिनीहरुको पहिचान खुलाउनका लागि स्थानिय निकायसंग सम्पर्क गरिरहेको बताएको छ ।

मध्य शहर सिवुटको एउटा सडक छेउमा तिनीहरुका लाश भेटिएको स्थानिय संचार माध्यमले पुष्टि गरेको छ । यस आक्रमण पछाडि कसको हात छ भन्ने अझै खुल्न सकेको छैन । सिएआरमा थुप्रै छापामार समुह सक्रिय रहेका छन् ।

सन् २०१३ मा भएके लडाकु आन्दोलन यता त्यहाँ थुप्रै जातिय र धार्मिक संघर्ष भइसकेका छन् । सिवुटका मेयरले एएफपि समाचार निकायलाई स्थानिय समय अनुसार सोमवार राति करि १० बजे तिनीहरु मारिएको जानकारी दिएका छन् ।

यस घटनामा तिनीहरुका ड्राइभर भने ज्यान जोगाउन सफल भएके बुझिएको छ । रुसको एक स्वतन्त्र टेलिभिजनले सो पत्रकार टोली त्यहाँ वाग्नर नामक एक रुसी धर्म प्रचार समुहकोबारे वृत्तचित्र बनाउन व्यस्त रहेको जनाएके छ । वाग्नर सिरियामा पनि सक्रिय रहेको छ ।

विगत एक वर्ष यता रसियाले सिएआरमा महत्वपुर्ण भुमिका निभाउँदै आएके छ । गत डिसेम्वरमा रसियाले सिआरएका सेनालाई हातहतियार समबन्धी तालिम दिन संयुक्त राष्ट्र संघबाट अनुमति प्राप्त गरेको थियो । इसाइ बाहुल्य सिआरएमा सन् २०१३ मा सेलेका अम्व्रेला गु«ुपका मुश्लिम लडाकुहरुले राष्ट्रपतिलाई अपदस्थ गरेका थिए ।