कञ्चनपुरमा एक अर्ब २५ करोड ४३ लाख बजेट फ्रिज

0
Shares

हरकसिंह धामी, कञ्चनपुर
गत आर्थिक वर्ष २०७४ र ०७५ मा कञ्चनपुरबाट एक अर्ब २५ करोड ४३ लाख ६० हजार पाच सय ३३ रकम फिर्ता भएको छ । कुल विनियोजित रकम १२ अर्ब ५३ करोड ५९ लाख ४६ हजार आठ १४ रुपैया“ कुल बजेट मध्ये ११ अर्ब २८ करोड १५ लाख ८६ हजार दुई सय रुपैया“ मात्रै खर्च भएको छ ।

फिर्ता गरिएको रकम मध्ये चालु तर्फ ७५ करोड ३७ लाख ७५ हजार आठ सय ६६ र पु“जीगत तर्फ ६८ करोड ५ लाख ८४ हजार ६ सय ६७ रुपैया“ फिर्ता भएको छ । जिल्लामा कम रकम खर्च गर्नेमा १५ वटा सरकारी कार्यालय रहेका छन् । सबैभन्दा कम पु“जीगत तर्फ पशु क्वारेन्टाईनले १६ दशमलब ६७ र जिल्ला कृषि विकास कार्यालयले २१ दशमलब ०८ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् ।

दरबन्दी खाली, प्रधानमन्त्री आधुनिकिकरण परियोजनाको निर्देशिका तयार नहु“दा अनुदान वितरण हुन सकेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताउनुभयो । उहा“का अनुसार उत्पादन कम भएका कारण अनुदानको रकम फिर्ता गएको हो । वैदेशिक स्रोतको फुकुवा नहुनु, काम गर्ने प्रक्रिया सहज नहुने भएकाले बजेट फिर्ता हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी नन्दराज भट्टले बताउनुभयो । योजना सम्पन्नका लागि सम्बन्धित कार्यालय र कर्मचारीमा इच्छा शक्तिको अभाव रहेका कारण बजेट फिर्ता जाने गरेको सम्बन्धीत निकायले जनाएको छ ।

स्थानीय सरकारको ६ करोड ८८ लाख बढि रकम फ्रिज
आव २०७४ र ०७५ मा कञ्चनपुरको स्थानीय सरकारको साढे ६ करोड बढी रकम फ्रिज भएको छ । कर्मचारीको अभाव, ढिलो बजेट विनियोजनका कारण रकम उपयोग गर्न नसकेको स्थानीय सरकारको भनाई छ । हरेक वर्ष जिल्लामा आएको बजेट फ्रिज हु“दा विकास निर्माणका काम अगाडी नबढेको स्थानीय बताउ“छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार विगतका तीन वर्षहरुमा बजेट फ्रिज हुने दर बढ्दै गएको छ ।